Aamsanchar

झापा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी

Author Image
शनिवार, भदौ ७, २०७६

बनियानी,

जिल्ला कारागार झापामा क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी रहेका छन् । चार सय कैन्दी बन्दी क्षमता भएको कारागारमा हाल क्षमताभन्दा तीन गुणा बढी एक हजार १३६ जना कैन्दी बन्दी रहेका छन् ।

झापा कारागारको क्षमता ३५० पुरुष र महिला ५० गरी जम्मा ४०० रहेको छ । हाल कारागारमा एक हजार ४६ पुरुष, ९० महिला कैन्दी बन्दी र पाँच बालबालिका आश्रित रहेको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र निरौलाले जानकारी दिनुभयो ।

क्षमताभन्दा तेब्बर कैदी बन्दी भएकाले आवास, विद्युत्, खानेपानी, स्वास्थ्योपचारलगायतको व्यवस्थापनमा समस्या हुने गरेको प्रमुख निरौलाले बताउनुभयो ।

“कैदीबन्दीको आधारभूत आवश्यकता पूरा गर्न समेत समस्या भएको छ”, उहाँले भन्नुभयो, “भौतिक संरचना जीर्ण छ, कति बेला दुर्घटना निम्तिने हो टुङ्गो छैन ।”

पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको छ । कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय झापा र कारागार विभागलाई समस्याबारे जानकारी गराउँदै आए पनि सुनवाइ नभएको प्रमुख निरौलाले बताउनुभयो ।

Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर