बाह्रदशी । झापामा माछा मार्न गएका एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका वडा नंं.४ का २५ वर्षीय धनकुमार राजवंशीको मृत्यु भएको हो ।

उनको घाग्रा खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । सोमबार अपरान्ह ५ बजेको समयमा खोलामा माछा मार्ने क्रममा डुबिरहेको अवस्थामा स्थानीयले देखेपछी तत्काल उद्धार गरी उपचारको लागि बिर्तामोड स्थित बिएण्डसी अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Views: 115

