मेचीनगर, १० भदौ । नेपाल तथा भारतको पर्यटन प्रवद्र्घन र विकासका लागि दुवै देशका व्यवसायीहरु सहमत भएका छन् । झापाको मेचीनगरमा मंगलबार दुवै देशका पर्यटन तथा होटल व्यवसायी संघका पदाधिकारी, जनप्रतिनिधि, सरकारी अधिकारीबीच भएको अन्तरक्रियामा सहभागीहरुले दुवै देशको पर्यटन प्रवद्र्घन र विकासमा एक्यवद्घता जनाउदैं एक साथ अघि बढ्ने प्रतिवद्घता समेत व्यक्त गरे ।
नेपाल तथा भारतका पर्यटन तथा होटल व्यवसायी र दुवै देशका पर्यटकले व्योहोर्नु परेको समस्या र त्यसको समाधानको उपायका लागि ट्राभल संघ झापाले आयोजना गरेको अन्तरक्रियामा भारतको उत्तर, दक्षिण, पूर्वी सिक्किमका होटल तथा पर्यटन व्यवसायी र लामो समयदेखि पर्यटनकोक्षेत्रमा कलम चलाउदै आएका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
मेचीनगर नगरपालिका वडानम्बर—६ का वडाध्यक्ष ललितबहादुर तामाङ तथा संविधान सभा सदस्य उषा गुरुङको उपस्थितिमा होटल स्वीस प्यालेसमा भएको अन्तरक्रियामा संविधान सभा सदस्य गुरुङले नेपाल मन्दिरै मन्दिरको शहर भएकाले यहाँ धार्मिक पर्यटकहरु समेत उल्लेखियरुपमा आउने जानकारी गराईन् । पशुपति नाथ, स्वयम्भु, हलेशी महादेव, जानकी मन्दिर, बुढासुब्बा, दन्तकाली, पियण्डेश्वरलगायतका धार्मिक मठ मन्दिर शक्तिपीठ नेपालमा रहेको समेत उनले स्मरण गराइन् । नेपालमा कुमारी देवी पुजा हुने भएकाले समेत नेपाल धार्मिक पर्यटककोलागि रोजाइमा परेको गुरुङको भनाई थियो ।
संविधान सभा सदस्य गुरुङ नेपाल र भारत त्यसमा पनि सिक्किमको कला, संस्कृति भेषभूषा, भाषा शैली निक्कै मिल्ने भएकाले सिक्किमेली र नेपाली जनताबीचको सम्बन्ध अत्यन्तै प्रगाढ र समधुर रहेको प्रष्ट पारिन् । आफुले समेत लामोसमयदेखि यहि व्यवसाय सञ्चालन गरीरहेको स्मरण गदैं होटल र पर्यटन व्यवसायी तथा पर्यटकका समस्या आफुले राम्ररी बुझेको उनको भनाई थियो । नेपालमा सवै कुरा भएको शान्तिका अग्रदुत गौतम बुद्घले समेत नेपालमै जन्म लिएको, विश्वकै सर्वाैच्च शिखर सगरमाथा मात्र नभएर विश्वका १० अग्ला हिमालमधये ७ वटा नेपालमै भएको कारण विश्वका सवै पर्यटकका लागि नेपाल एउटा गन्तव्य बनेको उनको धारणा थियो । नेपालमा १० वर्षसम्म चलेको सःशस्त्र द्वन्दका समयमा नेपालमा धेरै भौतिक संरचना तथा मानवमा क्षति पुगे पनि नेपाल घुम्न आउने पर्यटकले यो समयमा कुनै समस्या व्यहोर्नु नपरेको बताउँदै यसलाई आफुले सकरात्मकरुपमा लिएको संविधान सभा सदस्य गुरुङले जानकारी दिईन् ।
मेचीनगर नगरपालिका वडानम्बर—६ का वडाध्यक्ष ललितबहादुर तामाङले दुवै देशका पर्यटन तथा होटल व्यवसायीहरुको समस्या साझा भएकाले एक आपसमा प्रतिस्पर्धी नभई सहयोगी र परिपूरक भएर व्यवसाय सञ्चालन गर्न सुझाँव दिए । आफु स्थानीय सरकारको अंग भएको हुदाँ नाताले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल पार्न भारतीय पर्यटक नेपाल पठाइदिन भारतीय पर्यटन व्यवासायीहरुलाई आग्रह गरेका थिए । मुलुकको पर्यटन विकासका लागि राज्यले अहिले जे जति काम गरिरहेको छ त्यो भन्दा बढी नीजिक्षेत्रले गरेको भन्दैं वडाध्यक्ष तामाङले खुलेरै प्रशंसा गरेका थिए । यो नाकाले भारत, भुटान, बंगलादेशलाई समेत निक्कै नजीक पार्नै भएकाले हामी विभिन्न देशमा बसोबास गर्नै नागरिक भएपनि हाम्रा धरै कला, संस्कृति धर्म, परम्परालगायत एक अर्कामा मिल्ने उनको भनाई थियो । वडाध्यक्ष तामाङले शुरु शुरुमा नेपालमा हुने बन्द, हडताल, चक्काजाम सःशस्त्र द्वन्दका कारण पर्यटकको संख्या खासै अपेक्षा गरे अनुसार नभएको भन्दैं अहिले नेपालमा स्थिर सरकार भएको, बन्द हडताल, चक्काजाम जस्ता कुराको अन्त्य भएकाले विदेशीहरुलाई निर्धक्करुपमा नेपाल घुम्न आउन आग्रह गरेका थिए । नेपाल घुम्न आउने पर्यटकका लागि स्थानीय सरकारले जस्तोसकै सहयोग गर्ने भन्दैं नेपालमा निक्कै महत्वका धार्मिक एवम् पर्यटकीय स्थल रहेकाले निर्धक्क रुपमा भयरहित वाताबरणमा घुम्न सक्ने विश्वास दिलाए । पर्यटन व्यवसाय पर्यटकका भरमा निर्भर पर्ने भएकाले स्वदेशी हुन वा विदेशी हरेक व्यवसायीहरु पर्यटन मैत्री बन्नु पर्नेमा उनले जोड दिदैं हरेकले आफ्नोमा आउने पर्यटकहरुसँग गर्ने व्यवहार राम्रो, शिष्ट तथा सम्मानजनकरुपको हुनुपर्ने बताए ।
नेपाल पर्यटन वोर्ड काँकरभिट्टा कार्यालयका निमित्त प्रमुख सुष्मिता दाहालले एशियाकै पर्यटन व्यवसायलाई सहयोग पुर्याउने उद्देश्यले बेला नेपाल पर्यटन बोर्डले बेला ‘इष्ट ट्राभल मार्ट’आयोजना गदैं आएको र यसमा नेपाल, भारत, भुटान बंगलादेशका पर्यटन व्यवसायीहरुको बढी सहभागिता हुने बताइन् । उनले अब हुने ‘इष्ट ट्राभल मार्ट’मा सहभागी हुन सवै व्यवसायीहरुलाई आग्रह गरिन् ।
होटल एसोसिएशन अफ नाम्ची तथा पर्यटन व्यवससायीहरुकातर्फबाट सचिन शर्माले नेपालले भारतलाई जति व्यपार दिएको छ त्यति आफुहरुले दिन नसकेको स्वीकार गरे । केहीदनअघि भ्रमण वर्ष २०२० कार्यक्रम सफलरुपमा सम्पन्न गर्नका लागि प्रचार प्रसार गर्ने उद्घेश्यले सिक्किम पुगेको नेपाली पर्यटन व्यवसायी तथा सरकारी अधिकारीसहितको टोलीले भ्रमण वर्ष २०२० सफलरुपमा सम्पन्न गर्न र सो अवसरमा नेपाल आउन आमन्त्रण गरेका कारण आफुहरु प्रदेश नम्बर १ का पर्यटकीय स्थलको अध्ययन अवलोकनका लागि आफुरु आएको भारतीय टोलीको भनाई छ । भारतीय टोलीले नेपालका धार्मिक एवम् पर्यटकीय सथलको अध्यन अवलोकन गरी यहाँका व्यवसायीहरुसँग प्याकेज टुरको सम्झौता गर्ने शर्माले बताए ।
नेपालकाबारेमा सिक्किमेली व्यवसायीहरुलाई पर्याप्त जानकार नभएकाले धेरै समस्या आएको उनको भनाई थियो । उनले नेपालका धार्मिक एवम् पर्यटकीय स्थलहरुको पर्चा, पम्प्लेट उपलब्ध गराईदन नेपाली अधिकारीलाई समक्ष आग्रह गरेका थिए । उनले चाहे नेपालमा बसेर होस वा नेपालमा पर्यटन व्यवसाय सञ्चालन गरेपनि यसमा देखिने समस्या साझा भएकाले समाधानका लागि दुवै देशका व्यवसायीहरुले हातमा हात मिलाएर सहयोगी भावनाले समाधानको उपाय खोज्नुपर्नेमा जोड दिए । उनले छिमेकी भारतबाट पर्यटकहरु नेपाल आउने वाताबरण बनाईदिन समेत नेपाली अधिकारीहरुलाई आग्रह गरे । सिक्किमेली व्यवसायीहरुकातर्फबाट शर्माले भारतीय पर्यटकहरुलाई नेपालले के गर्दा आर्कषण गर्न सकिन्छ त्यसतर्फ नेपाल लागे भ्रमण वर्षको लक्ष्य पुरा हुने भएकाले त्यसतर्फ लाग्न सुझाँव दिएका थिए ।
कार्यक्रममा ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्रले नेपाली पर्यटन व्यवसायीहरु आन्तरिक भन्दा बाह्य पर्यटकका भरमा चल्नु परेकाले यहाँका व्यवसायीहरु पर्यटन मैत्री भएको धारणा राखेका थिए । उनले दुई देशबीच पर्यटन प्रवद्र्घन गर्न के कस्तो भूमिका निर्वाह गर्नुपर्ने हो दुवै देशका व्यवसायी लाग्नुपर्नेमा जोड दिए । आफ्नो देशमा कसरी बढी भन्दा बढी पर्यटक भित्रियाउन सकिन्छ, आफ्ना देशमा आउने पर्यटकहरुका लागि के कस्ता सुविधा दिन सकिन्छ सम्बन्धित निकाय त्यसतर्फ लाग्नुपर्ने उनको भनाई थियो ।
अन्तरक्रियामा भारतीय पर्यटन पत्रकारहरु राजा क्षेत्री, किरण भुषाल, होटल व्यवसायी संघका केन्द्रीय सदस्य राजु अधिकारी, सहकारीकातर्फबाट भुपाल शिवाकोटी, क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरका महासचिव रामबहादुर तामाङ, पर्यटन तथा होटल व्यवसायी जीवन सिलवाललगायतले आ—आफ्नो विचार राखेका थिए ।