Aamsanchar

पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्तय हुन्छ

Author Image
शुक्रवार, भदौ १३, २०७६

काठमाडौँ ,

कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले सरकारले पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा गरेको उल्लेख गर्दै तत्कालका लागि स्वदेशमै सीपयुक्त बनाएर रोजगारीमा पठाउने तयारी गरिएको बताउनुभयो । सरकारले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै स्वरोजगार तथा उद्यमशील बनाउन विभिन्न कार्यक्रम ल्याएको उहाँको भनाइ थियो ।

“युवालाई स्वदेशमै रोजगारी दिन, सीप दिन सरकार तयार छ, सरकारले अब क्रमशः वैदेशिक रोजगारीलाई कम गर्दै लैजान्छ, सबै नेपालीले स्वदेशमै काम पाउने गरी सरकारले योजना बनाएको छ”, उहाँले भन्नुभयो, “यो हाम्रो साझा स्वार्थको विषय हो ।”

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेठले अर्थतन्त्र राजनीति जस्तै गतिशील बन्न नसक्दा आर्थिक वृद्धि हासिल गर्न समस्या देखिएको बताउनुभयो । “मुलुकको राजनीति सङ्क्रमणबाट अघि बढिसके पनि अर्थतन्त्र भने राजनीति जस्तै गतिशील बन्न सकेको छैन” उहाँले भन्नुभयो ।

उहाँले सरकार र निजी क्षेत्र हातेमालो गर्न नीतिगत रुपमा बाधा नभए पनि व्यवहारमा समस्या रहेको बताउनुभयो । व्यापार घाटा कम गर्न, पारवहन लागत बढी भएकोले निकासीकर्तालाई प्रोत्साहन स्वरुप नगद अनुदानको दरमा वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो ।

चेम्बरले राजश्व चुहावट नियन्त्रण गर्न कठोर ऐन प्रस्तावित भइरहेकामा आर्थिक अपराधमा आर्थिक जरिवाना मात्र हुनुपर्नेमा भूलवश हुन गएको अपराधमा समेत कैद सजायको व्यवस्थाले नेपालमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण समाप्त हुन लागेकोे ठहर गरेको छ । ढुवानी व्यवसाय सेवा क्षेत्रअन्तर्गत पर्ने हुँदा यसलाई मूल्य अभिवृद्धि करको दायराबाट हटाई सेवा करको रुपमा राजश्व उठाउन सकिने पनि चेम्बरले जनाएको छ ।

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर