
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले देशमा डेंगु नियन्त्रण अभियान अन्तर्गत सेना, प्रहरीसम्म परिचालन गर्न सकिने संकेत दिएका छन् । स्वास्थ्य मन्त्रालय द्वारा आयोजित कार्यक्रममा बोल्दै यादबले यस्तो बताएका हुन् ।
यादवले भने, ‘डेंगुको लागि सबैको सहभागितामा अभियान नै चलाउनु पर्छ, आवश्यक परे पुलिस र सेना सबै मिलेर डेंगुलाइ परास्त गरौं ।’

‘खेत, बारी, गमला आदिमा झुल लगाउन सकिँदैन, आमजनस्तरमा डेंगुको लार्भा नष्ट गर्ने जनचेतना नल्याएसम्म नियन्त्रण गाह्रो भएको उनले बताए । डेंगुको लार्भालाई खोजेर नष्ट नगरेसम्म यो समस्यालाई समाधान गर्न नसकिने उनले बताए ।


भारतको मुम्बईमा जसको घरमा डेंगुको लार्भा र प्युपा देखिन्छ त्यसलाइ दण्डित त्यस्तै नेपालमा ल्याउन आबश्यक रहेको दै इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा का प्रमुख घनश्याम पोखरेलले बताए ।
Views: 182

