
काठमाडौँ !! प्रहरी परिसर काठमाडौंले नक्कली भिसा कार्ड बनाएर एटीएमबाट पैसा निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।उनीहरु नक्कली भिसा कार्डबाट बिभिन्न बैंकका एटीएमबाट पैसा निकाल्ने काममा संलग्न थिए।शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट उनीहरु पक्राउ परेका हुन् । उक्त समूहले बिभिन्न बैकका एटीएमबाट १ करोड २६ लाख निकालिसकेका छन्। प्रहरीले उनीहरुको साथबाट ९ हजार अमेरिकन डलर बरामद गरेको छ।उक्त समूह सोमबार चीन उड्ने तयारीमा थियो।यसबारे थप जानकारी दिन आइतबार दिउँसो पत्रकार सम्मेलन गर्ने प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Views: 194

