Aamsanchar

तपाईको कपाल दिन प्रतिदिन झरेको कारण चिन्तित हुनुहुन्छ ?

Author Image
आइतवार, भदौ १५, २०७६

हामीले केही यस्ता गल्ती गछौँ, जसकारण कपाल झर्ने समस्या सुरु भएको हुन्छ। केही गल्ती यस्ता छन् जुन धेरै व्यक्तिहरुले कपाल नुहाएपछि हुनजान्छ । हेयर एण्ड व्यूटी एक्सपर्टका अनुसार नुहाएपछि हाम्रो कपालको जरा कमजोर हुने गर्दछ। त्यो बेला हामीले केही गल्ती गर्यौ भने कपाल टुक्रिने तथा झर्ने समस्या बढ्न थाल्दछ। लामो समयसम्म यस्ता गल्ती गर्दा पुरुषमा तालु खुइलिने समस्या देखिन सक्छ।

नुहाउनु वित्तिकै गर्न नहुने कुरा

मालिस गर्नु
चिसो कपाललाई मालिस गर्दा कपालको जरा कमजोर हुने गर्दछ। जसका कारण कपाल झर्न थाल्दछ। त्यसैले नुहाउने वित्तिकै चिसो कपाल कहिलै पनि मालिस नगर्नुहोस्।

कपाल कोर्नु
नुहाउने वित्तिकै चिसो कपाल नकोर्नुहोस्। चिसो कपालको जरा कमजोर हुने हुँदा कोर्दा झर्ने र टुक्रने समस्या बढ्न थाल्दछ।

हेयर स्टाइलिङ मेसिनको प्रयोग
कपाल नुहाउने वित्तिकै ड्राइ वा स्ट्रेट मेसिनको आवश्यक भन्दा बढी प्रयोग गर्दा कपालको जरा कमजोर हुने गर्दछ। जसकारण कपाल झर्ने र हाँगा आउने समस्या देखिन थाल्दछ।

कपाल बाँधनु र तुरुन्त बाहिर निस्किनु
नुहाउने वित्तिकै चिसो कपाल नबाँधनुहोस्। जसका कारण इन्फेक्सन वा चायाँको समस्या बढ्छ र कपाल झर्ने समस्या देखिन थाल्दछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर