चारपाने । झापाको विर्तामोड नगरपालिका वडा नंं २ मा रहेको चारपाने साना किसान कृषि सहकारी संस्थाले आफ्नो छैठौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
शुक्रबार सम्पन्न सभामा २ करोड ८० लाख २८ हजार ९ सय ९३ रुपैया ३७ पैषाको कुल कारोबार र ८ लाख ४४ हजार ८ सय ८४ रुपैया १७ पैषा नाफा सहितको आर्थिक आयव्य सार्वजनिक समेत गरेको छ । संस्थाकी अध्यक्ष जानुकादेवी सञ्जेलको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं साना किसान लघुवित्त वित्तिय संस्था इलाका बिर्तामोडमा प्रवन्धक सुभास गौतमले गरेका थिए ।
उक्त सभामा उत्कृष्ठ विभिन्न विधामा पुरस्कार, सम्मान पनि वितरण गरिएको थियो । पुरस्कृत हुनेहरुमा उन्नतजातको बोका पाल्ने नेत्रप्रसाद ढुङगेल लाई नगत २० हजार, जेष्ठ सदस्यहरु गणेशप्रसाद ढकाल र ईन्द्रकुमारी गिरीलाई सम्मान गरिएको थियो । वालबचत कर्ता मिराजोन देवकोटा, पूर्व सञ्चालक केशव बस्नेत त्यसैगरी उत्कृष्ट ऋिणी भीमकुमारी गिरी, उत्कृष्ट बचतकर्ता समूह नं. ३१ पनि सम्मानित भएका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक भवानीप्रसाद ओली, जिल्ला कृषि सहकारी संघका सचिव राम ओली लगायतले मन्तव्य राखेका थिए । स्वगात संस्थाका उपाध्यक्ष सुर्यप्रसाद रिजालले गरेका थिए भने कार्यक्रमको संचालन सदस्य लक्ष्मण दाहालले गरेका थिए ।