Aamsanchar

आम्चोककी १३ बर्षीय बालिकाद्वारा आत्माहत्या

Author Image
आइतवार, भदौ २२, २०७६

भोजपुर । जिल्लाको आम्चोक गाउपालिका ३ थिदिन्खाकी १३ बर्षिय बालिका निर्मला सुवेदीले विष सेवन गरि आत्महत्या गरेकी छिन । स्थानिय डिक बहादुर सुवेदीकी छोरी निर्मलाले धान वालीमा लाग्ने किटाणु मार्न हाल्ने बिषादी सेवन गरि आइतबार आत्माहत्या गरेकी हुन ।

घरमा कोही नभएको बेला विष सेवन गरि विरामी भएकी सुवेदीलाई गाउँपालिका केन्द्र बालांखामा रहेको स्थानिय मेडिकलमा उपचार गराउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डवकुमार राजबंशीले बताए । चण्डेश्वर माध्यमिक विद्यालय बालंखामा कक्षा ४ मा अध्यनरत बालिकाको उपचारको क्रममा दिउसो साडे १ बजे मृत्यु भएको थियो ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर