Aamsanchar

चट्याङले पाँच गाई मरे

Author Image
बुधवार, भदौ २५, २०७६

राँझा,

बाँकेको जानकी गाउँपालिका वडा नं २ बेलभारमा चट्याङबाट पाँच वटा गाईको मृत्यु भएको छ ।

आज वर्षात्सँगै चट्याङ पर्दा बेलभारको वनकटा गाउँमा रहेका छाडा गाईको मृत्यु भएको जानकी गाउँपालिका वडा नं २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गाउँ नजिकै सडकमा बसेका छाडा गाईमध्ये पाँच वटा आज मृतावस्थामा फेला परेका थिए । चट्याङबाट वडामा अन्य कुनै पनि क्षति पुगेको छैन ।

मृतक गाईको आवश्यक प्रक्रिया पूरा गरेर घटनास्थल नजिकै गाडेको वडाध्यक्ष गुप्ताले जानकारी दिनुभयो । यसैबीच जानकी गाउँपालिकाको वडा नं १ साइगाउँ र वडा नं २ बेलभारमा भारतीय सीमा क्षेत्रबाट आएका पशुचौपायाले किसानको खेतीबाली खाएर क्षति पु¥याउँदै आएका छन् ।

गाउँपालिकामा रहेका छाडा चौपायाको यकीन गरी नियन्त्रणका लागि गाउँपालिकाबाट आवश्यक पहल भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिनुभयो ।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर