Aamsanchar

नयाँ सामाजिक सुरक्षा भत्ताको दर कायम

Author Image
शुक्रवार, भदौ २७, २०७६


काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६र७७ को बजेटमा घोषणा गरेअनुसार जेष्ठ नागरिकदेखि सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बढाएको छ । अर्थ मन्त्रालयले बढेको सामाजिक सुरक्षा भत्ताको दर तय गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई उपलब्ध गराएको छ । चौमासिक रुपमा प्रदान गरिने यस्तो भत्ताको पहिलो किस्ता १ असोजमा वितरण हुन्छ । सोही प्रयोजनका लागि विभागले उक्त दरको विवरण स्थानीय सरकारहरुलाई उपलब्ध गराएको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि अर्थले आवश्यक रकम विभागमा दिन्छ भने विभागमार्फत स्थानीय तहबाटै वितरण हुन्छ । चालु आवको बजेटले जेष्ठ नागरिकले मासिक पाउँदै आएको भत्ता १ हजारबाट २ हजार पुर्‍‍याएको थियो । ७० वर्ष पूरा भएका जेष्ठ नागरिकले १ हजार रुपैयाँ मासिक उपचार खर्च पनि पाउँछन् । यसरी ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकको मासिक भत्ता ३ हजार पुगेको छ ।यसबाहेक साविक कर्णाली अञ्चलका ६० वर्ष नाघेका जेष्ठ नागरिक र ६० वर्ष नाघेका देशभरका तोकिएका दलित समूदायका नागरिकलाई राज्यले सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको छ ।

नयाँ सामाजिक सुरक्षा भत्ता दर

जेष्ठ नागरिक मासिक रु २ हजार रुपैयाँ

एकल र विधवा महिला मासिक रु २ हजार रुपैयाँ

पूर्ण अपाङ्गता भएका मासिक रु ३ हजार रुपैयाँ

अति अशक्त अपांगता मासिक रु १६ सय रुपैयाँ

लोपोन्मुख आदिवासी जनजाति मासिक रु ३ हजार रुपैयाँ

बालबालिका ९बाल संरक्षण अनुदान० मासिक रु ४ सय रुपैयाँ

७० वर्ष पूरा भएका जेष्ठ नागरिक उपचार खर्च मासिक रु १ हजार रुपैयाँ

Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर