Aamsanchar

पहिरामा पुरिएका छमध्ये दुईको शव फेला

Author Image
शुक्रवार, भदौ २७, २०७६

रोल्पा,

अविरल वर्षासँगै गएराति गएको पहिराबाट थबाङ गाउँपालिका वडा नं २ छेर्लोवाङमा पहिरामा परी पुरिएका छमध्ये दुई जनाको शव फेला परेको छ ।

पहिरामा पुरिएकी २८ वर्षीया फिरकुमारी बुढा र उहाँका चार वर्षीय छोरा असल बुढामगरको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

पहिरामा ४० वर्षीय जय बुढा, उहाँकी श्रीमती मूलज्योति बुढा र उनीहरुका दुई छोरीसमेत चार जना अझै बेपत्ता छन् । इलाका प्रहरी कार्यालय थबाङको एक टोलीले उद्धारको काम गरिरहेको बताइएको छ ।

उक्त टोलीलाई थप सहयोग र उद्धार गर्न इलाका प्रहरी कार्यालय थबाङ, प्रहरी चौकी रानागाउँ र खरिबोटबाटसमेत थप प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक गुरुङले जानकारी दिनुभयो ।

पहिरामा परी दुई घर र केही गोठ पनि पुरिएका बताइएको छ । पहिरामा गाई भेडाबाख्रा पुरिएका हुनसक्ने स्थानीय मौसम रोकाले जानकारी दिनुभयो ।

Views: 94

प्रतिक्रिया (०)