

डडेल्धुरा : डडेल्धुरामा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक नगर इन्चार्ज रिहा भएका छन्।

रिहा हुनेमा जिल्लाको परशुराम नगरपालिका–१० जोजलाका ३५ वर्षीय दमन दमाइ ९नेपाली० रहेका छन्। भदौ १८ गते बुधबार प्रहरीको टोलीले उनलाई गाउँबाटै पक्राउ गरेको थियो। पक्राउ परेका उनीमाथि सार्वजनिक शान्तिविरुद्धको मुद्दा जिल्ला प्रशासनमा दर्ता गरिएको थियो। शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट १५ हजार धरौटीमा उनी छुटेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए।

रिहा भएलगत्तै नेकपा परित्याग रिहा भएलगत्तै उनले सरकारद्वारा प्रतिबन्धित नेकपा परित्याग गरेका छन्। शुक्रबार एक प्रेस विज्ञाप्ति जारी गर्दै पार्टी परित्याग गरेका हुन्। ‘नेपाल कम्युनिस्ट पार्टी परशुराम नगर इन्चार्जका रूपका काम गर्दै आएकोमा हाल नेपाल सरकारले सो पार्टीलाई प्रतिबन्ध लगाएको अवस्थामा सो पार्टीले बोकेको सिद्धान्तसमेत मलाई मन नपरेकाले सो पार्टीको कुनै पनि किसिमको जिम्मेवारीमा नरहने गरी सो पार्टी परित्याग गरिएको जानकारी गराउँदछौं।

साथै आइन्दा कुनै पनि किसिमको हिंसात्कम गतिविधिमा संलग्न नहुने र स्वतन्त्रपूर्वक जीवनयापन गर्ने कुरासमेत अवगत गराउँदछौँ’ नेपालीद्वारा हस्ताक्षरित विज्ञाप्तिमा भनिएको छ।

