Aamsanchar

गरिबीका कारण कर्णालीमा २५५ ले गरे आत्महत्या

Author Image
शनिवार, भदौ २८, २०७६

सुर्खेत स् वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा। साथमा श्रीमती र दुई छोरी। सानो र सुखी परिवार तर डेढ वर्षअघि २५ वर्षीय घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे। कारण थियो– गरिबी। छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा एक सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए।

आम्दानीको अरू माध्यम भएन, ऋणको ब्जाय बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले भनिन्, ‘त्यही पीरले झुन्डिएर आत्महत्या गरेछ।’ घनबहादुरजस्ता थुप्रै व्यक्तिले आत्महत्या गर्नुमा गरिबी प्रमुख कारण देखिएको समाचार कान्तिपुर दैनिकमा छ। कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांक केलाउँदा पनि यस्तो तथ्य देखिन्छ।

कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा ७ सय २८ जनाले आत्महत्या गरेका छन्। तीमध्ये गरिबीका कारण आत्महत्या गर्नेको संख्या २ सय ५५ जना छ। नेपाल सरकारकै एक अध्ययन प्रतिवेदनले १६ लाख २३ हजार जनसंख्या रहेको कर्णालीको बहुआयामिक गरिबी दर ५१ प्रतिशत रहेको देखाएको छ ।

Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर