भीमदत्तनगर,

ग्रामीण क्षेत्रका नागरिकलाई यातायातमा सहज पहुँच पु¥याउने उद्देश्यले राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्र्तगत यहाँका सडक कालोपत्रे, ग्राभेल तथा पुल निर्माण गरिएको छ ।

पाँच वर्षअघि कैलाली र कञ्चनपुरलाई लक्षित गरी शुरु गरिएको कार्यक्रमअन्र्तगत सडक निर्माण, सडक स्तरोन्नति र पुल निर्माण गरिएका छन् । सो कार्यक्रमअन्र्तगत कञ्चनपुरमा स्तरोन्नतितर्फ यहाँका ६ वटा सडक र दोधारा चादँनीको मलेरिया नालामा पक्की पुल निर्माण गरिएको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमका इञ्जिनियर प्रदीपराज पन्तले जानकारी दिनुभयो । “हामीले स्तरोन्नति, पुलनिर्माण, नियमितमर्मत र आवधिक मर्मतलगायतका शीर्षकमा काम ग¥यौँ”, इञ्जिनियर पन्तले भन्नुभयो, “कार्यक्रम सकिन करीब तीन महिना मात्रै बाँकी छ ।”

सो कार्यक्रमअन्र्तगत कञ्चनपुर र कैलालीमा गरी करीब रु ४४ करोड ५० लाख रकम खर्च भएको इञ्जिनियर पन्तले जानकारी दिनुभयो । उहाँले सडक पूर्वाधारको निर्माणले स्थानीयवासीलाई आवागमनमा सहजता मिलेको बताउनुभयो । विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत मलेरिया नालामा रु दुई करोड ५१ लाखमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सकिएको उहाँले जानकारी दिनुभयो ।

कञ्चनपुरमा सडक स्तरोन्नतितर्फ शुक्लाफाँटा, वेदकोट, महाकाली, बेलौरी, पुर्नबास नगरपालिका तथा लालझाडी गाउँपालिकामा सडक कालोपत्रे र ग्राभेल गरिएको उहाँले बताउनुभयो । “यहाँ ६० जना सडक हेरालु राखिएका छन्”, उहाँले भन्नुभयो, “स्तरोन्नतितर्फ यहाँ साढे २१ किलोमिटर कालोपत्रे र साढे २९ किलोमिटर ग्राभेल सडक निर्माण गरियो ।”
यहाँको ग्रामीण भेगमा १३२ किलोमिटर सडक मर्मत गरिएको छ । इञ्जिनियर पन्तले आवधिक मर्मतअन्र्तगत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ बनमिती, पिपलाडी, जोनापुर र बन्साह जोड्ने १० किलोमिटर सडक ग्राभेल गर्ने काम भएको बताउनुभयो । त्यसैगरी सोही कार्यक्रमअन्र्तगत कैलालीमा सडकपुर बौनिया, भजनी रोडको २२ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य दुई वर्षअघि सम्पन्न भइसकेको छ ।
“कैलालीमा पनि जुटपानी नालामा २० मिटर लम्बाइ रहेको पक्की पुल निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “सडक मर्मतअन्र्तगत कैलालीमा ११५ जना सडक हेरालु राखिएको छ ।” कैलालीमा नियमित मर्मतअन्तर्गत दुई सय किलोमिटर सडक मर्मत गरिएको छ । “आवधिक मर्मतअन्तर्गत साढे १२ किलोमिटर सडक ग्राभेल गरिएको छ”, उहाँले भन्नुभयो, “कार्यक्रम अब अन्तिम चरणमा पुगिसकेको छ ।” उहाँले सडक हेरालुलाई नियमित मर्मतका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

