Aamsanchar

साफ यू–१८ च्याम्पियनसिप टोलीको घोषणा

Author Image
मङ्गलवार, भदौ ३१, २०७६


काठमाडौं – असोज ३ देखि १२ गतेसम्म नेपालमा आयोजना हुने तेस्रो साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ एन्फा ले अन्तिम खेलाडी टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले मंगलबार प्रशिक्षणमा रहेको २५ खेलाडीबाट अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । प्रशिक्षणमा रहेका गोलरक्षक रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ बाहिरिएका छन् । च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा माल्दिभ्स र भुटान रहेका छन् । नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ । नेपालले दोस्रो खेल भुटानसँग असोज ५ गते खेल्नेछ । हल्चोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा हुने प्रतियोगिताको अर्को समूहमा बंगलादेश, भारत र श्रीलंका रहेका छन् । पाकिस्तानले अन्तिममा भाग नलिने जनाएको थियो । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । च्याम्पियनसिपका खेलहरु हल्चोक स्थित शसस्त्र प्रहरी बल मुख्यालय मैदानमा हुनेछ ।

नेपाली टोली
गोलरक्षक : विशाल सुनार, सुर्य अधिकारी र पुजन होना
रक्षक : विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, एरिक रुम्बा र एन्जल महर्जन
मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, आकाश बुढामगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल र नितिन थापा
स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर