बैतडी,

डिलाशैनी गाउँपालिका–४ स्थित मठैराज बलालीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनीपश्चात् सो क्षेत्र सञ्चारविहीन भएको छ ।

साउन १७ गते अज्ञात समूहले सो टावरमा आगजनी गरेको थियो । टावरमा आगजनी भएपश्चात् फोन गर्न निकै समस्या भएको स्थानीयवासी दीपक धामीले बताउनुभयो ।

फोनसेवा नहुँदा कार्यालयको कामकाज प्रभावित भएको डिलानशैनी–७ का वडाध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । आगजनीबाट टावरमा जडान गरिएका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।

Views: 130

