Aamsanchar

हतियार सहित एक व्यक्ति पक्राउ

Author Image
सोमवार, असोज ६, २०७६

शहीद लखन गाउँपालिका – ३ ग्याजाबोटबाट अवैध हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ग्याजाका ६७ वर्षीय कमानसिं गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमला नरालले जानकारी दिए। सहित पक्राउ परेका गुरुङलाई आज बिहान सदरमुकाम ल्याइएको उनले बताए। गुरुङमाथि आजै मुद्दा दर्ताको तयारी भइरहेको उनले जानकारी दिए। गुरुङलाई इलाका प्रहरी कार्यालय मनकामनाबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो। गुरुङले घरमा अवैधरुपमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको जनाइएको छ।

Views: 152

प्रतिक्रिया (०)