Aamsanchar

पर्यटन मन्त्रीलाई श्री एयरलाइन्सको साथ, अब पाँच सय रुपैयाँमै टिकट दिने

Author Image
सोमवार, असोज ६, २०७६

काठमाडौं, ६ असोज
ज्येष्ठ नागरिक देशका सम्मानित व्यक्तीहुन सरकारले सधै सम्झनु पर्छ भनेर हवाई भाडामा छुट दिने पर्यटनमन्त्री योगेश भट्टराईको योजनालाई नेपाल एयरलाइन्सपछि श्री एयरलाइन्सले पनि साथ दिएको छ । सो एयरलाइन्सले ८५ वर्षमाथिका नागरिकलाई पाँच सय रुपैयाँमा नै टिकट उपलब्ध गराउने निर्णय गरेको छ भने । तीन वर्षदेखि जेट इन्जिन जहाजमार्फत सेवा दिइरहेको श्री एयरलाइन्सले ८५ वर्ष उमेर पुगेकालाई ५ सय रुपैयाँमा यात्रा गराउने तथा र ७५ वर्ष पुगेकालाई ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

सोमबार एयरलाइन्स सम्पनीले विज्ञप्ति जारीगर्दै ८५ वर्ष पुगेका व्यक्तिले जम्मा ५०० सय रुपैयाँ शुल्कमा श्री एयरलाइन्समा यात्रा गर्न पाउने जानकारी दिएको छ । जसका लागि नागरिकता वा अन्य उमेर पुष्टि हुने कागजपत्र भने आवश्यक पर्दछ ।
त्यसैगरी, ७५ वर्ष पुगेका नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । श्रीले उक्त निर्णय दशैको घटस्थापनाको दिनबाट लागू गर्ने बताएको छ ।
यसअघि नेपाल एयरलाइन्सले ७५ वर्ष पुगेकालाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिसकेको छ ।

Views: 191

प्रतिक्रिया (०)