Aamsanchar

मेट्रो रेल निर्माणले गति लियो, यस्तो छ पहिलो चरणको काम

Author Image
सोमवार, असोज ६, २०७६

काठमाडौं । उपत्यकामा मेट्रो रेल निर्माणले तीब्रता पाएको छ । उपत्यकाको सातदोबाटो, रत्नपार्क हुँदै नारायणगोपाल चोकसम्मको मेट्रोलाइनको डीपीआर तयार गर्न परामर्शदाता छनोट गर्न लागिएको हो ।

उपत्यकामा मेट्रो रेल संचालन गर्न ५ वटा लाइनमा सर्भे भएको थियो । त्यसमध्ये सातदोबाटो, रत्नपार्क र नारायण गोपाल चोकमा मेट्रो रेल गुडाउनका लागि डीपीआर र डिटेल डिजाइनको काम अघि बढाउन परामर्शदाता छान्ने काम भइरहेकोे रेल विभागले जानकारी दिएको छ ।

कन्सलटेन्ट छनोट गरेर चालू आर्थिक वर्ष २०७६र७७ भित्र डीपीआर तयार गरिने विभागका इन्जिनियर किरण कार्कीले जानकारी दिए । डीपीआर निर्माणपछि मात्र यसमा लगानी कति हुन्छ भन्ने थाहा हुन्छ । सन् २०१२ मा तयार भएको रिपोर्ट अनुसार प्रति किलोमिटर ३ अर्ब खर्च हुने अनुमान गरिएको थियो । त्यतिबेला मेट्रो रेल कुल ७८ किलोमिटर लामो बनाउने प्रारम्भिक अध्ययन भएको थियो ।

‘जति ढिला भयो त्यतिनै यसमा लाग्ने लागतमा वृद्धि हुँदै जान्छ, पहिलेको अध्ययनले प्रति किलोमिटर ३ अर्ब लाग्ने देखाएको थियो अहिले बढेर साढे ४ अर्बसम्म पनि लाग्न सक्छ ।,’ कार्कीले चाणक्य पोष्टसँग भने ।रेलको लेन निर्माणमा चुनौति पनि त्यतिकै छ । साँघुरो सडक रहेको उपत्यकामा रेलको लागि छुट्टै लेन निर्माण गर्ने ठाउँ छैन ।

लगानी बोर्डले यो परियोजनाका लागि ५ खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ लगानी प्रक्षेपण गरेको थियो । बोर्डले यसअघि सन् २०१७ मै यो परियोजना प्रस्ताव गरेको हो । सडकको लाइनबाट लानुको विकल्प छैन । माथि माथिबाट रेल गुड्छ, तल गाडी । रेलमार्ग निर्माणको क्रममा केही घरहरु हटाउनु पर्ने हुन सक्छ । चुनौति धेरै छ, तर डीपीआर तयार भएपछि त्यही अनुसार काम गर्नु पर्छ’ कार्कीले भने । डीपीआर पछि मात्र ‘पीपीपी’ वा अन्य कुनै मोडेल तयार पारेर निर्माण गर्ने भन्ने टुङ्गो हुने उनले जानकारी दिए ।

कति लाग्ला लगानी ?

गत वर्ष भएको लगानी सम्मेलनमा काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणका लागि लगानी प्रस्ताव आएको थियो । ‘बुट’ मोडेलमा निर्माण गर्न प्रस्ताव गरिएको काठमाडौं मेट्रो रेल परियोजनाका लागि ३ खर्ब ३१ अर्ब ९२ करोड लगानीको प्रस्ताव आएको लगानी बोर्डले जनाएको थियो ।

लगानी बोर्डले यो परियोजनाका लागि ५ खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ लगानी प्रक्षेपण गरेको थियो । बोर्डले यसअघि सन् २०१७ मै यो परियोजना प्रस्ताव गरेको हो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि समिति नै बनाएर अध्ययन गर्न निर्देशन दिइएको थियो । तर, अपेक्षित रुपमा काम अघि बढ्न सकेको थिएन ।

मेट्रो रेलको योजना

लगानी बोर्डले तयार पारेको परियोजना अध्ययन प्रतिवेदन अनुसार काठमाडौं मेट्रो रेलको ‘रेल्वे लाइन’ २ रुट भूमिगत (अण्डर ग्राउण्ड) र बाँकी तीनमा जमिनमाथि नै हुने भनिएको थियो । यसो भनिए पनि हाल जमिन माथि ‘ओभरहेड’ रेलको रुपमा यसलाई सञ्चालनका लागि अध्ययन गर्न कन्सल्टेन्ट छान्न लागिएको हो ।

सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोकको १२-१० किलोमिटरको रुटमा चढ्ने–ओराल्ने ११ स्टेशन निर्माण गर्नु पर्ने प्रस्ताव गरिएको छ । यो रेल्वे लाइन जमिनमाथि नै बनाइने छ ।

यस्तै, किर्तिपुर–कालिमाटी–बानेश्वर–एयरपोर्टसम्मको ११-५ किलोमिटरको जमिन माथिको रुटमा ९ वटा स्टेशन बनाइने छ ।
जमीनमाथि नै बन्ने कोटेश्वर–चावहिल–स्वयंम्भूनाथ–कोटेश्वरको २८ किलोमिटरको रुटमा १७ वटा चढ्ने–ओर्लने स्टेशन बनाउन प्रस्ताव गरिएको थियो ।

यो रेल्वे २० घण्टा सञ्चालन गर्ने योजना सरकारको छ । काठमाडौं मेट्रो रेल सञ्चालनमा आएपछि दैनिक १ लाख १९ हजारभन्दा बढी यात्रु ओहोर दोहोर गर्ने अनुमान गरिएको छ ।

स्वयंम्भूनाथ–डिल्लीबजार–बौद्धसम्म बन्ने ११-७० किलोमिटर र धोबिघाट–सिंहदरबार–नक्साल–गोगंबुसम्मको १३-८० किलोमिटरको अण्डरग्राउड रुटमा १०र१० वटा स्टेशन बनाइने प्रस्ताव आएको थियो ।

यसरी काठमाण्डौंमा मेट्रो रेल बनाउँदा कूल ५७ वटा आधुनिक स्टेशन र २ वटा टर्मिनल बन्नेछन् ।

प्रत्येक स्टेशनमा यात्रुको सहजताका लागि रेल आउने जाने समय तालिका र अन्य जानकारी दिनेगरी ‘रियलटाइम इन्फरमेसन डिस्प्ले’ राखिनेछ ।

यो रेल्वे २० घण्टा सञ्चालन गर्ने योजना सरकारको छ । काठमाडौं मेट्रो रेल सञ्चालनमा आएपछि दैनिक १ लाख १९ हजारभन्दा बढी यात्रु ओहोर दोहोर गर्ने अनुमान गरिएको छ ।

सार्वजनिक–निजी साझेदारी (बूट) मोडेलमा बन्ने काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) १ वर्षसम्ममा तयार हुनेछ । त्यसपछि ५ वर्ष भित्र निर्माण सक्ने योजना विभागको छ ।

‘फिजिबिलिटी’, डीपीआर, वित्तीय व्यवस्थापन, निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मतको काम निर्माण कम्पनीले गर्नेछ भने सरकारले आवश्यक सहायता उपलब्ध गराउनेछ ।

पाथीभरा डेलीबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर