Aamsanchar

माई नगरपालिकाका मेयरको घरमा बम

Author Image
सोमवार, असोज ६, २०७६

भगीरथ भण्डारी /इलाम,

इलामको माई नगरपालिकाका मेयर दीपककुमार थेबेको घरमा राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ।

माई नगरपालिका–२, दानाबारीमा रहेको मेयरका घरको कम्पाउन्डमा राखेको कुकर बम घर–परिवारले देखेर प्रहरीलाई खबर गरेपछी नेपाली सेनाले डिस्पोज गरेको हो ।

झापाको चारआलीबाट आएको नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताउनुभयो ।

बम कसले राखेको भन्ने पत्ता नलागेको र अनुसन्धान भईरहेको भण्डारीको भनाई छ ।

Views: 122

प्रतिक्रिया (०)