Aamsanchar

नेपाल प्रवेशको पूर्वीनाकामा नागरिक सहायता कक्ष स्थापना

Author Image
बुधवार, असोज ८, २०७६

मेचीनगर, ८ असोज । चाडपर्व शुरु भएसँगै भारतका विभिन्न ठाउँमा कामका लागि गएका नेपालीहरु फर्किने क्रम शुरु भएको छ । नजिकिँदै गरेको दशैं तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गरेर नेपाल प्रवेशको पुर्वीद्वारमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । अन्य समयको तुलनामा चाडपर्वका वखत मानिसहरुको आवत जावत बाक्लो हुने तथा घर छाडेर कमाउनका लागि विदेश गएकाहरु आ आफ्नो घर फर्किने गरेका छन् ।

चाडपर्वमा घर फर्किने क्रम शुरु भएपछि सिमामा ठगिने, लुटिने आपराधिक घटना हुने हँुदा यसको समाधानको लागि मेचीनगर— ६ स्थित काँकरभिट्टा नाकामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेडक्वाटर राजस्व तथा भन्सार सुरक्षा गुल्मले सहायता कक्ष स्थापना गरेको हो । दशै, तिहार तथा छठ जस्ता चाडपर्वका बेला बढी भीडभाड हुने हुँदा सीमामै नागरिक सहायता कक्ष स्थापना गरिएको नेपाली सुरक्षा अधिकारीहरुको भनाई छ ।

चाडपर्वका बखत भारतका विभिन्न ठाउँबाट नेपाल फर्किने नेपाली तथा नेपालका विभिन्न ठाउँबाट भारत फर्किने भारतीयहरुका लागि आवत जावतमा सहज होस भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेडक्वाटर राजस्व तथा भन्सार सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेलले बताउनुभयो ।

नागरिक सहायता कक्ष स्थापनापछि नेपाली तथा भारतीय नागरिकलाई सिमामा समस्या नहुने उहाँको भनाई छ । सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेलले चाडपर्वका बखत दुवै देशका नागरिकलाई सिमामा समस्या भोग्न नदिने प्रतिवद्घता व्यक्त गर्नुभयो । रोजगारका लागि भारतका विभिन्न ठाउामा पुगेका नेपालीहरु चाडपर्वका बेला भारतबाट फर्किने र सो क्रममा सीमा नाकामा लुटिने, दुव्र्यव्हार हुने गरेको छ । नागरिक सहायता कक्षमा भारतीय सिमा सुरक्षा बलको टोल फ्रि नम्बर समेत राखिएको छ ।

Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर