Aamsanchar

पूर्वी नाकामा नागरिक सहायता कक्ष

Author Image
बुधवार, असोज ८, २०७६

झापा,

झापाको पूर्वी नाका काँकरभिट्टामा चाडपर्वलाई लक्ष गर्दै नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

भारतलगायत तेस्रो मुलुकबाट पैदलमार्ग भएर घर फर्कने नेपालीका लागि कुनै समस्या नपरोस् भन्दै मेचीनगर– ६ काँकरभिट्टामा सशस्त्र प्रहरी बलको ८ नं गुल्मले सो कक्ष स्थापना गरेको हो ।

चाडपर्वको समयमा नेपालीहरू घर फर्कन थालेकाले सिमानामा उनीहरू ठगिने र अन्य आपराधिक गतिविधि हुनसक्ने भएकाले उनीहरुलाई सुरक्षित रुपमा आवतजावतका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरीनायब उपरीक्षक ज्ञानमणि पौडेलले बताउनुभयो ।

उक्त कक्ष स्थापनापछि नेपाली तथा भारतीय नागरिकलाई सिमामा समस्या नहुने उहाँको तर्क थियो ।

रोजगारका लागि भारतलगायत तेस्रो देशमा पुगेका नेपाली चाडपर्वका समयमा घर फर्कदा उनीहरू सीमा क्षेत्रमा लुटिने र विभिन्नखाले दुव्र्यवहारसमेत हुने भएकाले टोल फ्रि नम्बरसहित उक्त कक्ष निर्माण गरिएको उहाँको भनाइ थियो ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर
चरेससहित दुई जना पक्राउ
आइतवार, पौष ६, २०८२
सुनको मूल्य
आइतवार, पौष ६, २०८२