Aamsanchar

इ–पासपोर्टमा कमिसन चक्कर, राज्यलाई एक अर्ब भार थपिने

Author Image
बिहिवार, असोज ९, २०७६

परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले खरिद गर्न लागेको इ–पासपोर्ट प्रणालीले राज्यकोषमाथि झण्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने देखिएको छ ।

विभागले इ–पासपोर्ट खरिदका लागि डेढ महिनाअघि गरेको अन्तर्राष्ट्रियस्तरको बोलपत्र ९आइसिबी० मार्फत ‘अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम’ ९एबिआइएस० पनि किन्न खोजेकाले राज्यकोषमाथि करिब एक अर्ब अतिरिक्त व्ययभार थपिने भएको हो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले खरिद गरिसकेको प्रणाली कमिसनको चक्करमा राहदानी विभागले पनि खरिद गर्न खोजेको भन्दै उच्च सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन् ।

Views: 145

प्रतिक्रिया (०)