Aamsanchar

अनुगमन टोली पुग्दा मासु पसले भागाभाग, अन्यठाउँमा पनि अनुगमन गर्ने की ?

Author Image
बिहिवार, असोज ९, २०७६

प्रतिकात्मक फोटो

विराटनगर:  विराटनगरस्थित गुद्रीबजार भित्रको गोसलाइनका अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार गरेको अनुगमनको क्रममा विराटनगरस्थित गुद्रीबजार भित्रको मासु पसल सरकारले तोकेको मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको हो । यहाँका आधा दर्जन बढी मासु पसलहरू मापदण्ड विपरीत सञ्चालन भएको कारणले गर्दा अनुगमन टोली पुग्दा पसलका सञ्चालकहरू फरार भएका थिए ।

अनुगमनको नेतृत्व गरेका जिल्ला प्रसान कार्यालय मोरङका प्रशासकीय अधिकृत डम्बरू वल्लभ वरालले मापदण्ड विपरित सञ्चालनमा ल्याएको मासु पसलका सञ्चालकहरू फरार भएको बताए । कोही मासु बोकेर पनि पसलका सञ्चालक भागेको स्थानीय व्यापारीहरू बताउँछन् ।

सरकारले तोकेको मापदण्ड अनुसार खुल्ला ठाउँमा मासु बिक्री वितरण गर्न पाइँदैन । तर गुद्रीस्थित माछा लाइनका मासु व्यापारीहरूले खुल्ला ठाउँमा झिँगा भन्किने गरी माछा मासु बिक्री वितरण गर्दै आएको स्थानीय उपभोक्ताहरू बताउँछन् । गुद्री लाइनका अन्य मासु पसलमा भने सरफाइ राम्रो रहेको उनले बताए ।

मापदण्ड विपरित भएको कारणले फरार भएका पसलका सञ्चालकलाई सरसफाइ र गुणस्तर सुधार गर्न पत्रचार गरिने उनले बताए । ‘हामी फरार भएका मासु पसलका सञ्चालाकहरूलाई कार्यालयमा हाजिर हुन पत्राचार गर्नेछौं,’ उनले भने, ‘ती पसल दर्ता छन् या छैनन् त्यो पनि हेर्नेछौं । दर्ता नभएका पसल तत्काल बन्द हुनेछन् ।

Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर