Aamsanchar

६५ बर्षीया बृद्ध पक्राउ १४ बर्षीया बालिका गर्भवती बनाएको आरोपमा

Author Image
बिहिवार, असोज ९, २०७६

पूर्व–नवलपरासीको प्रहरीले एक १४ बर्षीया बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा ६५ बर्षीय एक बृद्धलाई पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका–१६ घर भई कावासोतीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेलाई १४ बर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मोहन पोखरेलले जानकारी दिए ।

घलेविरुद्ध बलात्कार आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको र अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको उनले बताए । उनका अनुसार ती बालिकाको पेटमा ७ महिनाको गर्भ रहेको छ

Views: 132

प्रतिक्रिया (०)