Aamsanchar

१० वर्षका बालकमाथि कुटपिटपछि हत्या

Author Image
बिहिवार, असोज ९, २०७६


भारतको मध्यप्रदेशस्थित शिवपुरी जिल्लामा १० वर्षका एक बालकको कुटपिटपछि हत्या भएको छ। खुला स्थानमा शौच गरेको भन्दै एक दलित समुदायका बालकको कुटपिटपछि हत्या भएको बीबीसी हिन्दीले जनाएको छ। बुधबार भावखेडी गाउस्थित १२ वर्षकी रोशनी र १० वर्षका अविनाश सडक छेउमा शौच गर्न गएका थिए। उनीहरुले त्यहाँको पञ्चायत भवन छेउमा शौच गरेको देखेपछि त्यहाँको हाकिम र उनका सहयोगी रामेश्वरले दुवैमाथि कुटपिट गरेका थिए।

कुटपिटका क्रममा १० वर्षका अविनाशको मृत्यु भएको प्रहरीले जनाएका छन्। प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको छ। ती बालक बालिकाबीच फुपु–भतिजोको साइनो भएको जनाइएको छ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर