Aamsanchar

माओवादी केन्द्रले उपनिर्वाचन लड्ने

Author Image
बिहिवार, असोज ९, २०७६


मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नाममा छुट्टै दल दर्ता भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एककीकरण भएर नेकपा बने पनि तत्कालीन माओवादी केन्द्रका नेता गोपाल किरातीले पुरानै नाममा नयाँ दल दर्ता गरेका हुन् । निर्वाचन आयोगले उक्त दललाई चुनाव चिह्न पनि गोलाकारभित्रको हसिया हथौडा दिएको छ । उपनिर्वाचनका लागि २१ वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) नयाँ पार्टीको रुपमा दर्ता भएको छ । त्यस्तै तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी पनि नयाँ दर्ता भएको छ । यो दलले पाँच औलासहिताको हत्केला चुनाव चिह्न पाएको छ ।

आयोगको बुधबारको निर्णयबाट साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ), राष्ट्रिय प्रजातन्त्र पार्टी ( लोकतान्त्रिक ), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ( संयुक्त ), जनमत पार्टी ( जपा ), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस ( वी पी ), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी ( पुष्पलाल ) र नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) नामक राजनीतिक दल दर्ता भएका हुन् । आयोगले ती दललाई चुनाव चिह्न समेत प्रदान गरेको छ ।

Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर