Aamsanchar

भ्रमण वर्षको मुखमा पर्यटक आगमनको वृद्धिदर घट्यो

Author Image
बिहिवार, असोज ९, २०७६

काठमाडौं, असोज,९ । सरकारले २० लाख पर्यटक भित्र्याउन भ्रमण वर्षको जोडतोडले तयारी गरिरहँदा पर्यटक आगमनको वृद्धिदर भने घटेको छ । पछिल्लो ८ महिनाको तथ्यांकमा पर्यटक वृद्धिदर ९ प्रतिशतमा झरेको हो । अघिल्लो वर्षको वृद्धिदर २५ प्रतिशत थियो ।

नेपाल पर्यटन बोर्डका अनुसार गत जनवरीदेखि अगस्टसम्मको अवधिमा ७ लाख ४२ हजार ६ सय जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०१७ को तुलनामा सन् २०१८ मा २५ प्रतिशतले पर्यटक बढेका थिए ।

अध्यागमन विभागलाई उद्वृत गर्दै बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार यस ८ महिनाको अवधिमा हवाईमार्गबाट ६ लाख १९ हजार ७ सय ६५ पर्यटक आएका छन् । स्थलमार्गबाट भने १ लाख २२ हजार ८ सय ३८ पर्यटक भित्रिए । स्थलमार्गबाट आउने भारतयि नागरिकलाई भने पर्यटकमा गणना गरिदैन ।

नेपाल आउने विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् । बोर्डका अनुसार सन् २०१८ को तुलनामा ६.१ प्रतिशतले भारतीय पर्यटक आगमन बढेको छ । ८ महिनामा कूल १ लाख ४२ हजार २ सय ८६ जना भारतीयले नेपाल भ्रमण गरे । सार्क मुलुकबाट कूल २ लाख ४ हजार १ सय ९२ जना पर्यटक आएका छन् । यो संख्या गत वर्षको तुलनामा ६.२ प्रतिशतले बढी हो ।

भारतपछि चीनबाट बढी पर्यटक नेपाल आएका छन् । ८ महिनामा १ लाख ६ हजार ५० चिनियाँ नागरिक नेपाल आएको तथ्यांक छ । चिनियाँ पर्यटक गत वर्षको यही अवधिको तुलनामा ९.८ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर