Aamsanchar

आज विश्व पर्यटन दिवस, नेपाल बर्षभरी बनाउने तयारमा

Author Image
शुक्रवार, असोज १०, २०७६

अतिथि देवो भवः अर्थात पाहुना हाम्रा भगवान हुन । नेपाल एउटा पर्यटकीय गन्तब्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सास्कृतीक विविधता लगायत शान्तिप्रय वुद्धभुमीका शालिन हामी नेपालीहरुनै नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालहरु आरोहण गर्न, पदयात्रागर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरु अवलोकन गर्न लाखौँ पर्यटकहरु नेपाल आउनेगर्दछन, तर पर्यटनको अधिक संभावना हुदाहुदै पनि नेपालले पर्यटनवाट उचित लाभ लिन सकेको छैन ।

सबैकालागी पर्यटनः पहुचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन भन्ने नारासहित हरेक वर्ष सेप्टेम्वर २७ का दिन अन्तराष्ट्रिय पर्यटन दिवस मनाइन्छ । पर्यटन वास्तवमा संसारको सबैभन्दा ठूलो उधोग हो, हामी घरमा वसिरहेका छौ या कतै यात्रा गर्दै छौ, हुन सक्छ कुनै अपांगता या चोटपटकका कारणले या साना वच्चाहरुको भएका कारणले कुनै परिवार या धेरै पाका उमेर भएका कारणले वृद्ध वृद्धाहरु कहिकतै घुम्न जान या पर्यटनको लाभउठाउनालागी वञ्चित भइरहेका होलान, तर ढिलो या चाडो पर्यटनको विश्वब्यापी सहज पहुँच र पर्यटनको फाइदा सबैजनाले प्राप्तगर्न पाउनुपर्दछ ।

A view of Dhaulagiri mountain is seen in the background of Ghorepani village, a tourist destination in Annapurna Rural Municipality-6 of Myagdi district, on Friday, October 27, 2017. Photo: RSS

सहज पर्यटन संसारका सबैजनाको पहुचमा हुनुपर्दछ जस्ले गर्दा हामी वाचेको यस ग्रह पृथ्वीको सौन्दर्य र विविधता अवलोकन गर्नसकुन, अन्तराष्ट्रिय पर्यटन दिवसको दिन पर्यटनका महत्व र सहज पहुच अनि पर्यटनको सामाजिक, सास्कृतिक, धार्मिक र आर्थिक फाइदाकावारेमा ब्यापक रुपमा जानकारी र छलफल गरिन्छ ।

संसारको छानोको उपमावाट प्रसिद्ध नेपालले सहज, सुलभ र सुरक्षित पर्यटनका आधारहरु खडागर्न जरुरी छ । प्राकृतीक सम्पदाले हामी एकदमै धनी भएपनि धेरैजसो प्राकृतीक मनोरम दृश्यावलोकनकालागी दुर्गम ठाउ जानुपर्दछ, त्यस्ता ठाउहरुमा सहज यातायातको साधन उपलब्ध हुदैन, सहज वाटो छैन र त्यसमाथी ति ठाउमा उचित होटल, स्वास्थ्य सुबिधा अनि सुरक्षाको उचित प्रबन्ध नहुनु अनि त्यसतर्फ हाम्रो ध्यान छिटै पुग्न जरुरी छ । अर्कोतर्फ भने हाम्रा सास्कृतीक धरोहरहरुको उचित स्याहार, संभार अनि भुइचालो पछि भग्नावशेष र असुरक्षित बनेका यि शताब्दीयौ पुरानो सभ्यताको वयान दिने धरोहरलाई आवश्यक सम्भार र उचित पूर्ननिर्माण गर्न जरुरी छ ।

हातमा लौरो, ढाडमा ठुलो झोला, घामवाट अनुहार छेक्ने टोपी, गोरो छाला अनि नबुझ्ने भाषा, हामीले अक्सर परिकल्पना गर्ने पर्यटकहरु यहि हुन । यिनीहरु हाम्रो देशमा आएवापत, घरगाउ अनि होटलमा वसेवापत पैसो तिर्छन, फोटो अनि भिडियो खिचेर लिएरजान्छन अनि हाम्रो सस्कृती, कलाकौशल लगायत प्राकृतीक मनोरमताका दृश्यहरु हेरेर जान्छन । पर्यटक हामीमध्य जो कोही पनि हुन सक्छौ, मानव स्वभावतनै जिज्ञासु र घुमन्ते प्राणी हो, भ्रमण अनि अवलोकननै नयाकुरा सिक्ने उत्तम तरिका हो र यसरी देश, विदेश, समाज अनि सस्कृतीको अवलोकन गर्ने उदेश्यले घुम्नु या भ्रमणमा निस्कनुनै पर्यटन हो ।
पर्यटक तपाइहामीमध्य सबैजना हुनसक्छौ, विदेश जानुमात्र पर्यटन हैन, आफ्नै देश भित्र पनि हामी नया नया ठाउ गएर पर्यटन गर्नसक्दछौ, घुम्नलाई पोखरा, नगरकोट अनि कुनै नयाँ ठाउ गएर केहि समय वसेर हामीले नया कुरा जान्न पाउछौ, मनमा शान्ति पाउछौ अनि नयाँपनाको आभाषका साथै जिवन जिउने थप कारणहरु अनि रोमाञ्चकता पाउदछौ । हामीमध्य धेरैजना अझै पनि घुम्नु या नयाँ ठाउ कुनै विशेष कारण विनानै अवलोकन भ्रमणगर्नुलाई अनि पर्यटनलाई उत्ति महत्व दिएर हेर्दैनौ, खास्मा नयाँ ठाउको भ्रमण र अवलोकनगर्नु भनेको स्वस्थ्य मानसिकता, सकारात्मक सोचाई, ब्यवहारको विकास, संवेग र तनावको उचित ब्यस्थापनकालागी एकदमै जरुरी छ । वेलावखतमा पर्यटनलाई आवश्यक्ता या विलासी के हो भनेर वादविवाद भइरहेको पाइएतापनि पर्यटनले पर्यटकहरुमा नया उत्साह र ज्ञान अनि गन्तब्यमा आर्थिक र सामाजिक विकास भइरहेको हुन्छ ।

जिवनको अर्थ पक्कै पनि संकुचित छैन, ब्यापक परिवेशमा जिवनको अर्थ भनेको नयाँ कुरा बुझनु, नयाँ ठाउ जानु अनि सकेसम्म वढी ज्ञान र अनुभवहरु प्राप्त गर्नु पनि हो । मार्को पोलो, भास्को डिगामा, क्याप्टेन कुक लगायतहरु, जस्को अन्वेषण र भ्रमणले संसारमा सँस्कार, सभ्यता र विकासको लहर फैलाएको छ, उनिहरु पनि एकहिसाबले नयाँ कुरा पत्ता लगाउन र नयाँ ठाउको खोजीगर्न निस्केका थिए र संसारलाई जोडेर गए तसर्थपनि भ्रमण गर्न र नयाँ कुरा सिक्न पछी नपरौ । अर्कोतर्फ पर्यटनले गर्दा देशमा विदेशी मुद्राको आर्जन, रोजगारीको श्रृजना, सार्वजनिक र ब्यक्तिगत आयको श्रोत, सास्कृतीक आदानप्रदान अनि राष्ट्रको छवी वढाउन सहयोग गर्दछ । पर्यटक हाम्रा पाहुना हुन हृदय देखि स्वागत गरौँ, आतिथ्य कायम रहोस, शुभकामना ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 521

प्रतिक्रिया (०)

सम्बन्धित खबर