Aamsanchar

भोली घटस्थापना, यस्तो छ पुजा विधी

Author Image
शनिवार, असोज ११, २०७६

हिन्दू धर्म शास्त्रअनुसार हिन्दूहरुको सबैभन्दा ठूलो चाडपर्व अर्थात् अर्को शब्दमा भन्दा नेपालीहरुको बडाचाड दशैँ अथवा विजयदशमीको पहिलो दिन घटस्थापना भोलीबाट सुरुहुदैछ ।

हरेक वर्षको आश्विन शुक्लपक्ष प्रतिपदाका दिन घटस्थापना पर्दछ । यसै प्रथम दिनबाट बडा दशैको नवरात्री प्रारम्भ हुन्छ ्र यसदिन मिरमिरे विहानीमै आत्मशुद्धि पश्चात् नजीक पायक पर्ने नदी,नाला, वा खोलामा गई चोखो बालुवा या पन्चमाटो घर ल्याएर दशैको पूजाकोठारघरमा राख्ने र त्यसमा जौ छरी दशैंको जमरा उमार्ने गरिन्छ भने यसैदिन अर्को महत्वपूर्ण काम घर(घरमा घट(कलशको स्थापना गरी देवी(देवताको आवह्न गरिन्छ ।

हिन्दू वेदको वृतान्त अनुसार माता दुर्गा भगवतीलाई अत्यन्त मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले र वैदिक पूजाको निमित्त जौ निकै अवश्यक वस्तु भएकाले पनि जौको जमरा घटस्थापनाको दिनमा राख्ने गरेर पछि दशैँभरिको पूजाआजा,टीकाटालो त्यही जमराले गर्ने गरे मङ्गल हुने विश्वास गरिन्छ ।  हिन्दू धर्मको कालिकापुराणमा उल्लेख भएअनुसार घट(कलशमा समाहित अर्थात् निहित गरिएका महाशक्ति स्वरुपा नौ नवदुर्गाहरु र अन्य देवीदेवताहरुको विधिवत् तरीकाले विभिन्न स्त्रोत्र पाठ गरिनुका साथ घटस्थापनाको दिनबाटै भगवती दुर्गाको पूजा आराधना र प्रार्थना गरी दशैको पूजाको थालनी गरिन्छ ।

हाम्रो हिन्दू धर्म अनि संस्कृति अनुसार घतास्थापनाकै दिनदेखि नवरात्री शुरु भई नवमीको दिनसम्म हरेक नेपालीहरुको घर(घरमा र दुर्गामाताको मन्दिरहरुमा विधिवत् पूजा, आराधना र प्रार्थना गर्ने गरिन्छ र शङ्ख, डमरु, घण्टी, बाजा, आदि बजाई दुर्गा सप्तशती स्त्रोत्र पथ गरिन्छ । अनि पूजापश्चात् प्रत्येक दिन झैँ घटस्थापनाको दिनपनि पशु बलि दुर्गामातालाई चढाई समापन गरिन्छ, तर आजभोली बाली दिने चलन क्रमस घटदो छ ।  । यस दिनबाटै धेरैजसो देश विदेश गएका नेपालीहरु आ-आफ्नो घर-परिवार कहाँ फर्किने क्रम शुरु हुन्छ भने दशैँ बजार किनमेलको घुइंचो निकै बढ्न थालेको अवस्था रहन्छ ।

घटस्थापना गर्ने विधि

लिपपोत गरी चोख्याइएको शुद्ध स्थानमा घटस्थापना गर्नुपर्छ। सुरुमा दीप–कलश–गणेश पूजन गरी माटो वा बालुवामाथि दुर्गा भवानीको आवाहन गर्न जौ, गहुँ आदि रोपण गरेर त्यसको बीच भागमा दुर्गा भवानीको घडा स्थापना गर्नुपर्छ। त्यसमा सपरिवार, सायुध, सशक्ति दुर्गा भवानीको स्थापना गर्ने विधान छ। थालीमा देवीयन्त्र वा अष्टदल लेखी दुर्गायन्त्र लेखेको थालीलाई घडामाथि राखेर त्यसमा सुनको, चाँदीको वा अन्य कुनै धातुनिर्मित देवीप्रतिमालाई प्राणप्रतिष्ठा गरी स्थापना गरेर आवरण पूजासहित दुर्गा भवानीको पूजा प्रारम्भ गर्नुपर्छ।

यही विधिलाई घटस्थापना भनिन्छ। यसपछि दुर्गा भवानीको पाठ, जप, चण्डीपाठ गर्ने गरिन्छ। यो शक्तिको उपासना गर्ने विशेष अवसर भएकाले श्रीमद्देवी भागवतको अनुष्ठान पनि प्रारम्भ गर्न सकिन्छ। नवकन्यामध्ये प्रथम कन्याको पूजा, शैलपुत्री भगवतीको विशेष पूजा तथा दर्शनआदि गरिन्छ। यही दिन सामाजिक तथा राष्ट्रियस्तरमा पनि देवीको मूर्ति स्थापना गरी दुर्गा भवानीको आराधना गरिन्छ।

पूजनीया जनैर्देवी स्थाने स्थाने पुरे पुरे।
गृहे गृहे शक्तिपरैग्र्रामे ग्रामे वने वने।।
स्नातैः प्रमुदितैर्हृष्टैब्र्राह्मणैः क्षत्रियैः नृपैः।
वैश्यैः शूद्रैर्भक्तियुक्तैर्म्लेच्छैरन्त्यैश्च मानवैः।।

नवरात्रमा सबै मानवले देवीको पूजा गर्ने सक्छन् र सबैले गर्नुपर्दछ। नवरात्रको पूजापाठ नित्य भएकाले नगर्दा दोष लाग्छ भने गर्दा विशेष फलप्राप्ति हुन्छ। नित्यकर्म जस्तै नियमित पूजापाठ गर्नुपर्छ। कुनै तिथि क्षय भएको भए कुनै दिन दोहोर्याएर उक्त तिथिको पूजासमेत पूरा गर्नुपर्छ।

‍‍

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 433

प्रतिक्रिया (०)

सम्बन्धित खबर