Aamsanchar

वृद्धाश्रम निर्माणका लागि छ करोडको जग्गादान

Author Image
आइतवार, असोज १२, २०७६

काठमाडौँ ,

काठमाडौँ महानगरपालिका–४ धूम्रबाराहीमा वृद्धाश्रम निर्माणका लागि रु छ करोड मूल्य बराबरको १२ आना दुई पैसा दुई दाम जग्गादान गरिएको छ ।

लायन्स क्लब अफ काठमाडौँ धूम्रबाराहीले निर्माण गर्न लागेको लायन वृद्धाश्रम भवन निर्माणका लागि स्थानीयवासी बलरामप्रसाद चापागाईँले जग्गादान गर्नुभएको हो ।

जग्गादानसँगै वृद्धाश्रमको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । उक्त भवनका जग्गादाता चापागाईँं, काठमाडौँ महानगरपालिका–४ का अध्यक्ष मोहन विष्ट र लायन्स क्लब डिस्ट्रिक ३२५ ए २ को गभर्नर शोभा जोशीले संयुक्तरूपमा शिलान्यास गर्नुभयो ।

रु दुई करोड लागतमा बन्ने भवन साढे दुईतले हुने भवन निर्माण समितिका संयोजक धनराज बडालले जानकारी दिनुभयो ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर