काठमाडौँ,

नेपाल प्रहरीले पार्किङ गरिरहेको माइक्रोबस तोडफोडमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले काठमाडौँ महानगरपालिका–३१ शङ्खमूलमा पार्किङ गरेर राखेको बा४ख २०५६ नंको माइक्रोबस तोडफोेड गर्ने गोरखाका निशानजङ्ग थापा र उदयपुरका हिमाल खड्कालाई आइतबार राति पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी थापा र खड्काले माइक्रोबस तोडफोड गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तोडफोडबाट माइक्रोबसको दाहिनेतर्फको सिसामा क्षति पुगेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Views: 129

