Aamsanchar

दमकमा डिएसपी श्यामल सुब्बाले चालकलाई अविर लगाइदिए पछि…..

Author Image
मङ्गलवार, असोज १४, २०७६


दमक । ल तपाइको जिम्मेवारी ठुलो छ, यात्रुहरुलाइ सकुशल रुपमा यात्रा गराउनु होला, इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बाले सवारी चालकलाइ यशो भनिरहदा सवारी चालक छक्क परे । उनले त्यतिमात्र भनेन् दशैको शुभकामना पनि दिए । अनि रातो अविर लगाइदिएर मुस्कान सहित फुलगुच्छा दिएर सम्मान गरे । जुन दृश्य देखेर आसपास देख्नेहरु छक्क परेर हेरिरहेका थिए । प्रायजसो ट्राफिक र प्रहरीले कागजपत्र माग्ने वा केहि न केहि भनेर गाली गर्ने गरेको देखेका र सुनेका सवारी चालकहरुका लागि यो नौलो घटना थियो । त्यसैले एकछिन त छक्क पनि परे । यो दृश्य दमककै थियो ।

झापाको दमकमा सवारी चालकहरुलाइ जिम्मेवारीताका लागि सम्मान सहित यात्रुहरुको सुरक्षामा ध्यान दिन आग्रह गर्दै ट्राफिक प्रहरीले थालेको अभियान अन्र्तगत सोमबार चालकलाइ सम्मान गरिएको छ । लामो दुरीका सवारी साधनका चालकहरुलाइ बसस्टेण्डमा नै पुगेर इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बा, इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञ शर्मा, जीवनचक्र समाज नेपालका अध्यक्ष गणेश गौतम लगायतले चालकलाइ अविर लगाएर र पुष्पगुच्छा दिएर सम्मान गरेका थिए ।

इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख शर्माले यात्रुहरुलाइ चालक तथा सहचालकले मदिरा सेवन गरेको भए तत्काल नजिकको प्रहरी तथा ट्राफिकलाइ खबर गर्न तथा बढि स्पिड कुदाउन प्रेरित नगर्न सचेत गराएका थिए ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर