Aamsanchar

अजको राशीफल ( २०७६ असोज २० गते सोमबार )

Author Image
सोमवार, असोज २०, २०७६

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अल्लि बढी व्यस्त रहनुपर्न सक्नेछ । मनोरञ्जनमा सहभागी भइएला ।

 

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । सवारी साधन प्राप्तिको योग छ ।

 

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

 

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्‍याउनेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । धार्मिक यात्राको योगछ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रमअनुसार फाइदा कमै होला । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । पुरानो साथीभई सङ्ग भेट घाट हुनेछ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आज परोपकार गर्नुमानै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

धेरै समय पछि टाढिएको आफन्तसङ्ग भेटघाट हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन मद्दत गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर