दुधे। झापाको शिवसताक्षी नगरपालिकामा दुई तले घरमा आगलागी भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ९ संगम चौक स्थित पदमलाल काफ्लेको काठको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा भएका सबै धनमाल नष्ट भएको इलाका प्रहरी झिलझिले जनाएको छ । बुधबार दिउँसो आगलागी भएको हो ।
घटना पछि दमक नगरपालिका र विर्तामोड नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा आगो नियनत्रणमा ल्याईएको थियो । विजुलीको मिटरबक्स बाट आगो लागेको अनुमान हुनसक्ने स्थानियले बताएका छन छ । आगलागीबाट करिब १६ लाखको क्षति भएको अनुमान गरएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 94