Aamsanchar

शरणार्थी शिविरमा आगलागी

Author Image
आइतवार, असोज २६, २०७६

दमक, 

झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ ।

दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिनुभयो ।

आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएको थियो । नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासबाट आगो निभाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले जानकारी दिनुभयो ।

आगलागीबाट एक जना शरणार्थी सामान्य घाइते भएका छन् भने क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो ।

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर