Aamsanchar

आजको राशीफल (२०७६ कार्तिक २ गते शनिबार)

Author Image
शनिवार, कार्तिक २, २०७६

 

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । पूजा पाठमा मन जाला ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । औपचारिकतामा अल्लि बढी व्यस्त रहनु पर्नेछ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

शुभ समाचार सुन्न पाइएला । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रमअनुसार फाइदा कमै होला । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । अनावश्यक झमेलामा परिएला ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर