Aamsanchar

गायक दुर्गेश थापा पक्राउ

Author Image
मङ्गलवार, कार्तिक ५, २०७६


काठमाडौं । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको पुष्टि गरेको छ । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले थापालाई बोलाएको थियो ।

Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर