Aamsanchar

नेपालमा व्यवसाय गर्ने वातावरण सुधार : विश्व बैंक

Author Image
बिहिवार, कार्तिक ७, २०७६


काठमाडौं । नेपालको डुइङ विजनेश इन्डेक्स ९व्यवसाय गर्ने वातावरण०मा सुधार आएको विश्व बैंकले जनाएको छ । विश्व बैंकले सार्वजनिक गरेको नयाँ रिपोर्टमा नेपालको डुइङ विजनेश इन्डेक्समा सुधार भएको उल्लेख छ । रिपोर्ट अनुसार नेपालको इन्डेक्स १६ स्थान माथि उक्लिएको छ । यसअघि ११० औं स्थानमा रहेको नेपाल १६ औं स्थान माथि उक्लिएर ९४ ओं स्थानमा आइपुगेको छ । अघिल्लो वर्ष ५ स्थानले नेपालको डुइङ विजनेश तल झरेको थियो । डुइङ विजनेश सुधार हुनुलाई व्यवसाय गर्न राम्रो वातावरण भएको मानिन्छ ।

९४ औं स्थानमा उक्लिएको नेपालले ६३।२ अंक पाएको छ । अघिल्लो वर्ष ५९।७ अंक रहेकोमा ३।५ प्रतिशतले सुधार भएको हो । नेपाल भन्दा छिमेकी मुलुक भारतले राम्रो सुधार गरेको छ । भारत यस अघि १४२ औं स्थानमा रहेकोमा यस वर्ष सुधार भएर ६३ औं स्थानमा उक्लिएको छ । डुइङ विजनेश इनडेक्समा सबैभन्दा शिर्ष स्थानमा न्यूजिल्याण्ड देखिएको छ भने सबैभन्दा पुछारमा सोमालिया रहेको छ । सबैभन्दा राम्रो सुधार गर्नेमा भने साउदी अरेविया देखिएको छ । नेपाल १६ औं स्थानमाथि उक्लिए पनि धेरै राम्रो सुधार गर्ने देशहरुको सूचीको टप १० मा पर्न सकेको छैन ।

यि हुन् राम्रो सुधार भएका देशहरु

१ साउदी अरेविया
२ जोर्डन
३ टोगो
४ बहराइन
५ ताजिकिस्तान
६ पाकिस्तान
७ कुवेत
८ चीन
९ भारत
१० नाइजेरिया

Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर