Aamsanchar

भरतपुरबाट सिक्ने हो की ? अन्य स्थानिय सरकार प्रमुख हरुले

Author Image
शनिवार, कार्तिक ९, २०७६

चितवन – यो तिन बर्षको समयअवधी भित्र देशका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाहरुमा धेरै बिकासका कामहरु भए तर त्यस्ता विकासहरु अल्पकालिन मात्रहुन,  पहिला मानिसले बाच्न पाउनुपर्ने अधिकार गासँ,बाँस, कपास, शिक्षा र स्वास्थ्य पछिको भौतिक विकासले मात्र अर्थ राख्छ । देशमा कतिपय जनप्रतिनिधीहरु हाँसकुखुरा, सुगुर र बाख्रा वितरण गर्ने कामलाई ठुलो उपलब्धी ठानिरहेका वेला चितवनको भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गरिने भएको छ ।

मानव सेवा आश्रमको सहयोगमा महानगर, स्थानीय प्रशासनलगायत विभिन्न सङ्घ संस्थाले संयुक्त रुपमा शनिवार भरतपुरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गरिने भएको हो । यो घोषणासँगै भरतपुर नेपालकै पहिलो सहयोगापेक्षी सडकमानवमुक्त महानगर बन्ने छ ।

सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा शुरू गरिएको छ । सो क्रममा अहिलेसम्म ३०० जनालाई उद्धार गरिएको महानगरले जनाएको छ ।

उद्धार गरिएकामध्ये वास्तविक संरक्षण दिने खालका जम्मा १० जना भेटिएको र अन्य घर ठेगाना नखुलेका काम गर्न सक्ने रहेको अभियान सञ्चालन गर्दै आएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

महानगरकी प्रमुख रेनु दाहालले मानवताका हिसाबले कुनै पनि नागरिक भिख मागेर बस्नु कलङ्कको विषय भएको भन्दै भरतपुरमा कोही पनि नागरिक गाँस, बाँस र कपासका लागि भौतारिने अवस्थाको सदाका लागि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मुलुकका १४ जिल्लामा आश्रम खोली करीब दुई हजार बेसहारालाई सडकबाट उद्धार गरिएको र तीमध्ये ८०० लाई परिवारमा पुनःमिलन गराई सकिएको मानवसेवा आश्रमले जनाएको छ ।

अध्यक्ष अधिकारीले भने, “सीमित स्रोत साधनको प्रयोग र जनमत सङ्कलन अभियानबाटै कुनै पनि दातृ निकायको शर्तको सहयोग नलिई देशमा कोही पनि नागरिक भोकै र नाङ्गै हुनु पर्दैन भन्ने कुराको हरेक नागरिकमा बोध गराउन सक्नुपर्छ ।”

Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर