Aamsanchar

लक्ष्मी पूजामा बालिएको दियोले, गर्यो लाखौँको क्षति

Author Image
सोमवार, कार्तिक ११, २०७६

कात्तिक ११,

सोलुखुम्बु : जिल्लाको नेचासल्यान गाउँपालिका २ सल्यान कुमाल गाउँको एक घरमा आगोलागी भएको छ। लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगो सल्किँदा स्थानीय रुपा नेवारको ६ लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरियाले जानकारी दिए। आगोलागीबाट लक्ष्मी पूजाका लागि राखिएको नगद एक लाख ५० हजार, ५ तोला सुन, १० तोला चाँदी, ५ माना सिक्का पैसासहित कोठाभित्र रहेको सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पूजाकोठाबाट सुरु भएको आगोले नेवारको ढुंगा माटोले बनेको ३ तलेर घरको पुजाकाठा जलेर नष्ट भएको छ।

साँझ ७ः४५ बजेबाट सुरु भएको आगो राति ९:३० बजे स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो। तत्काल थाहा भएर आगो नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन्। रुपा नेवार नेचासल्यान गाउँपालिका २ का वडा सदस्यसमेत हुन्। एक हप्तामा करोड बढी क्षति पछिल्लो एक हप्तामै जिल्लाको तीन ठाउँमा आगलागी भएको छ। कात्तिक ३ गते मात्रै सोही गाउँपालिकाको वडा नम्बर १ का चन्द्रप्रकाश कोईरलाको तीनतले घरमा आगोलागी भएको थियो। प्रहरीको मूल्यांकनअनुसार कोइरलाको रु।९८ लाख बराबरको क्षति भएको थियो। यस्तै, कात्तिक ७ गते सोलुदूधकुण्ड नगरपालिका ११ को गन्जेडाँडाका खड्गबहादुर खड्काको घरमा आगोलागी भएको थियो। प्रहरीका अनुसार सल्यानमा खड्कोको घर पूर्णरूपले जलेर नष्ट हुँदा रु।८५ लाख बराबरको क्षति भएको छ।

Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर