

रौतहट, कात्तिक १३ । रौतहट जिल्लाको गौर नगरपालिका–३ मा बुधबार साँझ गोली चलेको छ ।

विद्युत प्राधिकरणको कार्यालयनजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक जना भारतीय नागरिक घाइते भएका छन् ।

४० वर्षीय विजय गुप्ताको पेटमा गोली लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइएको छ । गोली चलाउने व्यक्तीको पहिचान र खोजी कार्यमा प्रहरी सक्रिय बनेको छ ।

Views: 137

