Aamsanchar

सुनकोशी नदीमा बस खस्दा, ६ जनाको मृत्यु

Author Image
आइतवार, कार्तिक १७, २०७६


सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

२० जनाको भने उद्धार गरिएको उनले बताए । उनीहरूलाई बनेपा अस्पतालमा पठाइएको छ । बसमा कति जना यात्रु थिए भन्ने एकिन नभएकोले अझै केही यात्रु पानीमा हराएको हुनसक्ने डीएसपी काफ्लेले बताए । दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो । बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको छ ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर