Aamsanchar

पैसाका लागि छोराको अपहरण

Author Image
बुधवार, कार्तिक २०, २०७६


काभ्रेको बनेपाबाट १४ बर्षीय बालकको अपहरण गर्ने व्यक्ति बुवाकै सहकर्मी रहेको तथ्य खुलेको छ । बालकका बुवा वीरगञ्ज महानगरपालिका वडा नं २५ सिर्सिया खाल्वाटोला घर भई काभ्रेको बनेपामा बस्दै आएका अम्जद मियाँ धोवीले अपहरणकारी सहकर्मी नै भएको दाबी गरेका हुन् ।

दुई वर्ष पहिलेसँगै काम गरेका पर्साकै फिरोज नाम गरेका युवकले छोराको अपहरण गरेको अम्जदले बताएका हुन् । झण्डै २० वर्षदेखि काठमाडौंमा राज मिस्त्रीको काम गर्दै आएका अम्जदले फिरोजलाई आफूले नै काम गर्न सिकाएको दाबी गरेका छन् । तर प्रहरीले यो समाचार तयार पार्दासम्म फिरोजलाई पक्राउ गरेको छैन । अम्जद र पक्राउ परेका अपहरणकारीको बयान लिन बाँकी रहेकोले यो कुरा पुष्टि भई नसकेको प्रहरी स्रोतले बताएको छ ।

तीन अपहरणकारी मध्ये एक पक्राउ

बालक अपहरणमा संलग्न मध्ये एक पोखरिया नगरपालिका वडा नं ६ बस्ने जोख्खु दासको छोरा २० बर्षीय राजकुमार दासलाई प्रहरीले बिहान गोली हानेर नियन्त्रणमा लिएको थियो । फिरौती लिन आएको समयमा वीरगञ्ज–२५ सिर्सिया खाल्वाटोलामै प्रहरीले राजकुमारलाई नियन्त्रणमा लिएको हो ।

Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर