Aamsanchar

प्रदेश प्रमुख सोमनाथ प्यासीको टोली सुखानी स्मृति पार्कमा

Author Image
बिहिवार, कार्तिक २१, २०७६

अर्जुनधारा २१ कार्तिक । प्रदेश नम्वर १ सहिद र राजनीतिक ईतिहासको प्रदेश भएको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बताएका छन् । उनले समय सापेक्ष भएको प्रदेश नं. १ बताउँदै सौन्दर्यता थप्ने काम सवैले गर्न आग्रह समेत गरेका छन् ।

प्रदेश प्रमुखमा नियुक्तीपछि विहिवार झापा आएका उनले सहिद साहदत स्थल र सुखानी पार्कमा रहेका सहिदहरुको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै सो कुरा बताएका थिए ।

कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियात, अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, प्रतिनिधिसभा सदस्य पवित्रा खरेल, संविधानसभा सदस्य प्रेम गिरी, प्रदेशसभा सदस्य विर्ख प्रधान, एकराज कार्की, जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेल, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, माई नगरपालिकाका मेयर दिपक थेवेलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर