Aamsanchar

सवारी दुर्घटनामा एक युवकको मृत्यू

Author Image
आइतवार, कार्तिक २४, २०७६


बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिका– ४ मा भएको सवारी दुर्घटनामा परी एक युवतको मृत्यू भएको छ । शनिबार बिहान भएको दुर्घटनामा परी सुन्दरहरैचा नगरपालिका– ८ का १९ वर्षिय बालकुमार पुरीको मृत्यू भएको हो । शनिबार बिहान पूर्व पश्चिम राजमार्गको सुन्दरहरैचा खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ९ प ३३०० मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको को २५ प ९४५१ को मोटरसाइकल एकआपसमा ठोक्कीएको थियो ।

दुर्घटनामा घाईते भएका उनलाई उपचारको लागि बिराट नर्सिङ होम विराटनगर भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर