Aamsanchar

कांग्रेसले उठायो सरकारको क्षमतामाथि प्रश्न, सीमामा पर्खाल लगाऊ कि सेना राख

Author Image
सोमवार, कार्तिक २५, २०७६

काठमाडौं २५ कात्तिक । भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्शामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न सोमबार प्रतिनिधिसभाका दुई वटा विषयगत समितिले छुट्टाछुट्टै छलफल गरेका छन ।

राज्य ब्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलफलमा बोलाए पनि भूमिव्यवस्थामन्त्री पदमा अर्याल उपस्थित भइन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल गर्‍यो । उनले नेपालको भूमि रक्षा गर्न सरकार कटिबद्व रहेको भन्दै ढुक्क रहन आग्रह गरे ।

बैठकमा सांसदहरुले सीमा समस्या सदाका लागि अन्त्य गर्न र भारतले हडपेको नेपाली भूमि फिर्ता गराउने पहल सरकारबाट चाहेको बताए । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सीमा क्षेत्रमा सुरक्षा स्थितिलाई सुदृढ बनाउन सुझाव दिए ।

नेकपाकी सांसद सुजिता शाक्यले सीमामा कि पर्खाल लगाउन कि नेपाली सेनालाई राख्न सुझाव दिइन् । ‘मातृभूमिको रक्षाका लागि सीमामा कि पर्खाल लगाउनुर्छ कि सेनालाई उभ्याउनुपर्छ’ उनले भनिन् ।

Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर