

विराटनगर, कात्तिक २७ । भारतमा महिलाहरुको बिक्री हुने गरेको समाचार धेरै आउने गरेको छ तर नेपालमा भने बिक्री गरेको घटना अत्यन्त कमी भएपनि विराटनगरको यस घटनाले नेपालमा अव मानव बेचबिखनको अवस्था मौलाई रहेको छ भन्ने पुष्टी गर्छ । भारतीय एक महिलालाई मोरङको विराटनगर ल्याएर बेचेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

मोरङको विराटनगर महानगरपालिका–१५ रानीमा रहेको हिमालय गेष्टहाउसमा कार्यरत भारत बिहारका ४५ वर्षीय मोहम्मद रियाजलाई केही दिनअघि प्रहरील पक्राउ गरेको हो ।

रियाजले भारत फार्विसगञ्जबाट काम लगाइदिने प्रलोभन देखाएर एक महिलालाई उक्त गेष्टहाउसमा ल्याएका थिए ।

तर, प्रारम्भिक अनुसन्धानबाट गेष्टहाउस सञ्चालकसँगको मिलेमतोमा रियाजले ती महिलालाई जवरजस्ती बेश्यावृत्तिमा लगाएको खुलेको प्रहरीले दावी गरेको छ ।
पक्राउ परेका रियाजमाथि मानव बेचबिखन तथा ओसारपसा (नियन्त्रण) ऐन अनुसार थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

