Aamsanchar

नेपाल भारतसँग ७ विकेटले पराजित

Author Image
बिहिवार, कार्तिक २८, २०७६


काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ । ढाकामा नेपालले दिएको १९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । भारतका सन्भिर सिंह र अरमान जाफरले अर्धशतक पुरा गरे । सन्दिर ५६ रनमा आउट हुँदा जाफरले ५१ रन बनाए । बेलुर रवि शरत भने मात्र १ रनले अर्धशतक बनाउन चुके । नेपालका कारण केसी, ललितनारायण राजवंशी र सुशन भारीले १र१ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४।५ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनायो । नेपालका लागि शर्राफले सवार्धिक ५६ रनको पारी खेले ।

नेपालको सुरुवात भने खराब रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल दास्रो बलमा खाता नै नखोली आउट भए । तर शरद भेषावकर र कुशल भुर्तेलले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुबैले दोस्रो विवकेका लागि ५४ रनको साझेदारी गरे ।

कुशल २८ रनमा आउट भए । त्यसपछि आएका आरिफ शेख पनि मात्र २ रनमा पभेलियन फर्किए । क्रिजमा टिकिरहेका शरदले उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग ४४ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । दीपेन्द्र २४ रनमा आउट भए । नेपालले थप दुई रन जोड्दा शरद पनि व्यक्तिगत ४४ रनमा पभेलियन फर्किए ।

त्यसपछि पवन शरार्फले महत्वपूर्ण पारी खेले । उनले छैटौं विकेटका लागि विनोद भण्डारीसँग ३१ रनको साझेदारी गरे । विनोदले व्यक्तिगत ५ रन मात्र बनाए । सोमपाल कामी पनि २ रनमै आउट भए । नवौं नम्बरमा कारण केसी आए ।

दुबैले आठौं विकेटका लागि ४१ रनको साझेदारी गर्दै नेपालको पारी उकासे । करण २० रन बनाएर आउट भए, जतिबेला नेपालको स्कोर १८६ रन थियो । थप ६ रन जोड्दा पवन पनि ५६ रन बनाएर आउट भए । अर्को बलमा ललित नारायण राजवंशीको विकेट गएपछि नेपाल १९३ मा नै अलआउट भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर